प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सीता दाहाल उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी छिन् ।

बिहान भर्ना भएकी उनको उपचारमा डा युवराज शर्माको टोली खटिएको अस्पतालले जनाएको छ ।
 उनलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । उनको स्वास्थ्यमा सुधार आएको अस्पताल निर्देशक दिलीप डङ्गोलले जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?