कैलाली । कैलालीमा एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।
आइतवार बिहान ५ः३० बजे कैलाली जिल्लाको जानकी गाउँपालिका–७ गोलौरीका ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आत्महत्या गरेका हुन् ।
प्रेमलाले श्रीमतीको टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी शिवबहादुर सिंहका अनुसार प्रेमलालले श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको र आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेको बताए ।
घरको बार्दलीमा झुण्डिएर छट्पटाइरहेको अवस्थामा प्रेमलाल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।
डोरी काटेर उपचारका लागि अस्पताल लगिएको उनलाई चिकित्सकले मृत घोषणा गरेको डीएसपी सिंहले जनाए ।
मृतक दम्पतिका दुई छोरा छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया