दाङ । प्रहरीले दाङबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
दाङको शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलाबाट शनिवार साँझ ६ बजे २९ वर्षीय हरिबहादुर रासकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घरमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक दुई थान, बँदेलको खुट्टाको सपेटा दुई थानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रासकोटीलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ६ को दफा १२९ को हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया