धनगढी – कैलालीको अत्तरियामा जारी प्रादेशिक महोत्सव हेरेर फर्किने क्रममा ‘ग्याङ फाइट’ हुँदा एक जनाको मृत्युु भएको छ । तीन जना घाइते भएका छन् ।
महोत्सव सकिएपछि घर फर्किने बेला शनिबार दुई समूहबिच झडप हुँदा धारिलो हतियार प्रहार गरी गोदावरी नगरपालिका १ का १९ वर्षिय अरुण भट्टको मृत्यु भएको हाे ।
मृतक भट्टको दाँया र बाँया छातीमा गहिरो चोट लागेको थियाे । घटना लगतै उनलाई अत्तरियाको पद्यमा अस्पताल लगिएको थियो । त्यहाँबाट सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा भट्टको बाटोमै मृत्यु भएको हाे ।
झडपमा भट्ट समूहका थप तीन जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताए ।
घाईते हुनेहरुमा गोदावरी–१ का सविन कटेल, गणेश राई र राजेश नेपाली रहेका छन् । घटनामा संलग्न अन्यको नाम भने गोप्य राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया