जनकपुर । धनुषामा लागुऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पकाउ पर्नेमा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. २ मखनपुरका ६५ वर्षीय नथुनी दास र सहिद नगरपालिका- ५ का ६० वर्षीय मंगल दास रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरन कुमार यादवको नेतृत्वमा गएको प्रहरी टोलीले धनुषाधामस्थित सुब्बा कुटी नजिक गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
उनीहरूले लामो समयदेखि पुरिया बनाइ गाजाँ बेच्दै आएको बताइएको छ । दुवै जनामाथि लागुऔषध सम्बन्धी मुद्दा चलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया