एसएसपी खत्रीलाई थुनामै राख्न आदेश

 विराटनगर–उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा पुर्पक्षका लागि जेल परेका निलम्बित एसएसपी श्यामबहादुर खत्री र एयरलाइन्स कर्मचारी अमरमान डंगोललाई थुनामै राख्न अन्तिम आदेश गरेको छ ।   नयाँ पत्रिका दैनिकमा  खबर छापिएको छ ।
 बिहीबार उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश कुलरन्त भुर्तेल र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेशलाई सदर गर्दै खत्री र डंगोललाई थुनामै राखेर पुर्पक्ष गर्न अन्तरिम आदेश गरेको हो ।
 संगठित सुन तस्करी र सनम शाक्य हत्या आरोपमा उनीहरूलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।
 तर, अभियुक्तहरूले जिल्लाको आदेश बेरीत भएको भन्दै रीतपूर्वक आदेशका लागि उच्च अदालतमा निवेदन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?