शिक्षण अस्पतालको निर्णयः डा. केसी र थापालाई सँगै उपचार नगर्ने

काठमाडौं । चिकित्सा विधेयकको पक्ष र विपक्षमा माग राख्दै इलाममा अनशनरत डा.गोविन्द केसी र विद्यार्थी विजय थापाको स्वास्थ्य अवस्थामा समस्या आएपछि दुवै जनालाई काठमाडौं ल्याइएको छ ।

डा. केसीलाई बिहीवार राति र थापा शुक्रवार बिहान नेपाली सेनाको  हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

अहिले दुवै जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।   तर, त्रिवि शिक्षण अस्पतालले दुवै जनलाई एकै ठाउँमा राखेर उपचार नगर्ने बताएको छ । 

दुवै जनालाई एकै ठाउँमा राखेर उपचार गर्दा झडप हुन सक्ने सम्भावनाको कारण देखाउँदै शिक्षण अस्पतालले सँगै राखेर उपचार नगर्ने निर्णय गरेको हो । 

चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी गत पुस २५ गतेबाट १६ औं अनसन शुरु गरेका थिए भने चिकित्सा शिक्षा विधेयक त्यस्तै नै संसदबाट पारित हुनुपर्ने माग राख्दै विजय थापा पुस २७ गतेदेखि इलाममा नै अनसनमा बसेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?