काठमाडौं । इलाममा १० दिनदेखि अनशनरत डा.गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ भने उनको उपचारको लागि स्वास्थ उपचार टोली गठन गरिएको छ ।
डाक्टर सुबास आचार्यको सम्योजकमा ८ सदस्यीय टोलि गठन गरेको हो ।
उपचार टोलीमा डा।प्रमेससुन्दर श्रेष्ठ, डा.सुर्य देवकोटा, डा.पङ्कज पन्त, डा.रविन नेपाली, नर्सिङ गङ्गा थापा र डा.दिब्या सिङ्ग लगायत रहेका छन ।
१६ औं अनसनका क्रममा स्वास्थ्य स्थिति गम्भीर भएपछि उपचारको लागि उनलाई शुक्रबार बिहान ३ बजे नेपाली सेनाको नाइटभिजन हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
डा. केसीको त्रिवि शिक्षण अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया