काठमाडौं । डा. गोविन्द केसीविरुद्ध अनसन बसेका विजय थापालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
गएको पुस २७ गतेबाट संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयक त्यसतै नै संसदबाट पारित हुनुपर्ने माग राख्दै थापा अनसनमा बसेका थिए ।
अनसनरत थापाको स्वास्थ्यमा समस्या आएपछि इलाम अस्पतालबाट बिहीबार राति नै काठमाडौं पठाइएको इलाम अस्पलातको श्रोतले जनाएको छ । बिहीबार राति ११ बजे इलाम अस्पतालबाट काठमाडौं ल्याइएको हो ।
थापको शरीरमा ग्लुकोजको मात्रा कम भएको, श्वासप्रश्वास र पिसाबमा समस्या आएकोले तत्काल आईसीयू वा सीसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले अस्पतालबाट रिफर गरिएको इलाम अस्पतालको भनाई छ ।
थापाको त्रिवि शिक्षण अस्पतालमा उपाचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया