काठमाडौं । एनआईसी एशिया बैंकले ‘एनआई सी एशिया डिबेन्चर २०८५–८६’ विक्रीको लागि आह्वान गरेको छ ।
बिहीवार (माघ ३ गते) देखि ‘एनआईसी एशिया डिबेन्चर २०८५–८६’ विक्रीको लागि सार्वनिक आह्वान गरेको हो ।
१० प्रतिशत वार्षिक ब्याजदर रहेको रु. १,००० प्रतिकित्ताको दरले ४० लाख कित्ता रहेको रु ४ अर्बको उक्त ऋणपत्रको ब्याज अर्ध वार्षिक रूपमा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुने बैंकले जनाएको छ ।
जम्मा ऋणपत्रको निष्कासन रकम रु. ४ अर्बको ६० प्रतिशत अर्थात रू. २ अर्ब ४० करोड व्यक्तिगत तवर (Private Placement) मार्फत निष्कासन गरिएको छ भने रु. ४ अर्बको ४० प्रतिशत अर्थात रू. १ अर्ब ६० करोड सर्वसाधारण लगानी कर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत निष्कासन बैंकले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
विक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको उक्त ऋणपत्रको लागि मिति माघ १३ गतेदेखि सर्वसाधारणको लागि विक्री खुला हुने छ भने माघ १६ गतेसम्म वा ढिलोमा फागुन १३ गतेसम्म विक्री खुला हुने बैंकले जनाएको छ ।
उक्त ऋणपत्रलाई Care Ratings Nepal लिमिटेडबाट (Low Credit Risk) जनाउने “CARE-NP A ” ग्रेडिङ्गसाथै, इक्रा नेपाल लिमिटबाट "[ICRANP-IR] A- " (AdfOg;) (ICRA NP Issuer Rating A Minus) र Care Ratings Nepal लिमिटेडबाट “CARE-NP A (Is)” ग्रेडिङ्ग प्रदान गरिएको छ ।
उक्तक्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया