काठमाडौं । पर्वतमा आज विहान बस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ ।
कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने ३८ जना घाइते छन् ।
बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । बस भीरबाट करिब ६० मिटर तल खसको र घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर घाइते भएकाहरुलाई अन्यत्र रिफर गर्ने तयारी भएरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया