काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले आगामी बजेट मितब्यायी नभए आफूले आपत्ति जनाउने भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै मन्त्री र पहुँचवाला व्यक्तिको क्षेत्र लक्षित मात्रै बजेट गए त्यसलाई त्यात्ने धम्की समेत दिए ।
आगामी बजेटमा मन्त्रीहरुको क्षेत्रमा मात्रै बढी बजेट पठाउने तर सांसदहरुको क्षेत्रमा नपठाएमा आफूले त्यसलाई च्यातेर संसदलाई देखाउने चेतावनी दिए ।
‘अर्थमन्त्रीज्यूमार्फत माननीय मन्त्रीज्यूहरुलाई खबरदारी गर्न चाहान्छु । आगामी आउने बजेटमा यदी मन्त्रीको आफ्नो क्षेत्रमा मात्रै राख्ने र हामी माननीयहरुको क्षेत्रमा नराख्ने काम भयो भने सबैभन्दा पहिला त्यो बजेट किसान श्रेष्ठले च्यातेर सदनमा देखाउनेछ भन्ने खबरदारी गर्न चाहान्छु ।’ उनले भने ।
त्यस्तै अघिल्ला वर्षहरुमा जस्तो बजेट कार्यान्वयनको पाटो फितलो हुन नहुनेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया