काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग प्रहरीले सोधपुछ थालेको छ ।
बिहान चावहिलस्थित निवासबाट पक्राउ परेका खाँणलाई टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौं पुयाईएको छ ।
केहीबेरअघिबाट उनीमाथि सोधपुछ भइरहेको छ ।
त्यस्तै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यता नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहेका छन् । सो प्रकरणमा मुछिएका तत्कालिन गृहसचिव टेकनारायण पाण्डे लगायतलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया