मानव वेचविखनका मुख्य अभियुक्त राई पक्राउ

काठमाडौं । भारतको नयाँदिल्लीस्थित वेश्यालयमा पुर्याइ मानव वेचविखन तथा ओसारपसार गर्ने  मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनसरी धरान १७ बस्ने बलराम राईको छोरी ३१ वर्षको छोङ्ग हाङ्ग राई भन्ने सन्तोष राई पक्राउ परेको हो । 

केन्द्रीय अनुसन्धान ब्यूरो महराजगंजकोे टोलीले सुनसरी नगरपालिका १७ स्थित धनकुटे रोडबाट सोमवार राईलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय सुनसरीमा बुझाइएको प्रहरी उपरीक्षक (प्रवक्ता) उमा प्रसाद चतुर्वेदीले जानकारी दिए । 

राईले विभिन्न बहानामा बोर्डर पास गरि भारतीय वेश्यालयमा पुर्याई नेपाल ६ लाख रुयैयाँमा बेच्ने गरेको प्रहरीले जानकारी दिए । 

उनले नेपाली बालिकाहरुलाई राम्रो काममा लगाइदिन्दु भनि विभिन्न प्रलोभन देखाइ भारत पुर्याउने गरेको प्रहरी उपरीक्षक (प्रवक्ता) चतुर्वेदीले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?