संखुवासभा । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पाइलटसहित २ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो जिल्लाको भोटखोला गाउँपालिका–४ सिब्रुङमा सामान बोकेको हेलिकप्टर दुर्घटना परेको हो ।
माथिल्लो अरुण जलविद्युत आयोजनाको सामान बोकेको हेलिकोप्टर ल्याण्ड गर्ने क्रममा पखेँटा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले लोकपथलाई जानकारी दिए ।
‘माथिल्लो अरुण जलविद्युत आयोजनाको सामान तलबाट माथि लैजाने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् । उद्धार कार्य भइरहेको छ ।’ उनले भने ।
दुर्घटनापछि उद्धार गरी घाइते दुई जनालाई अस्पताल लैजाने तयारी भइरहेको उनले बताए । हेलिकप्टरमा दुई जना मात्र सवार रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया