चितवन । चितवनका व्यवसायी एवं कांग्रेस नेता शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये जीवन रावल पक्राउ परेका छन् ।
पक्राउ पर्नेका रावल अनमोल फिड्सका चार्टर एकाउन्टेट हुन् ।
प्रहरीले गएराती भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट पक्राउ गरेको हो । उनलाई हिजो राती नै चितवन ल्याएर आजबाट अनुसन्धान थालिएको छ ।
कँडेलले आत्महत्या अघि लेखेको सुसाइड नोटमा उनीसहित अन्यको नाम उल्लेख रहेको छ । ती मध्ये अन्यलाई प्रहरीले खोजि गरिरहेको छ ।
कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया