जिल्ला अदालत काठमाडौंमा कार्यरत खरिदार विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौंमा कार्यरत खरिदार विदुर पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

डोर खटी बण्डा मुचुल्का बनाउनका लागि उनले सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोग लागेको आयोगले जनाएको छ ।

केही दिन अघि घुस लिँदै गरेको अवस्थामा खरिदार पोखरेललाई पक्राउ गरेर बिगो असुल गरी हदैसम्मको कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?