‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही छुट्नु हुँदैन’

लोकपथ
168
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा जोडिएका कोही छुट्न नहुने बताएका छन् ।

सो प्रकरणमा मुछिएका पूर्वमन्त्री र उनका परिवारका सदस्य तथा तत्कालिन गृहसचिव नै पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका थापाले ठगि गिरोहको भीआईपीको जालो उजागर गर्ने गृह प्रशासनको कदमको प्रशंसा समेत गरेका छन् ।

त्यस्तै सो प्रकरण घटना नभएर प्रवृत्ति रहेको र अनुसन्धानमा कोही पनि छुट्न नहुने बताए ।

‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ’ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।’ उनले भनेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा जोडिएको आरोपमा प्रहरीले एमाले सांसद एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनको छोरा सन्दीप रायमाझी, तत्कालिन गृहसचिव टेकनारायण पाण्डे लगायत अन्यलाई समेत पक्राउ गरी अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?