काठमाडौं । तापक्रम घटेसँगै काठमाण्डौ उपत्यकामा चिसो महसुस गरिएको छ ।
काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका अनुसार आइतबारदेखि न्युनतम तापक्रम घटेको हो ।
शनिबार काठमाडौंकाे न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस थियो । पश्चिमी वायुको प्रभावले बदली भएका कारण गएको साता तापक्रममा उतारचढाव आएको मौसमविद् मञ्जु बासीले बताइन् ।
आज काठमाडौंसहित देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने छ । राती भने हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया