काठमाडौं । प्रहरीले २ सय ५० ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुले २ सय ५० ग्राम सुन र नगद ४१ हजार रुपैयाँसहित शनिवार साँझ पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धनकुटा घर भइ हाल काँडाघारी बस्ने २८ वर्षीया समिर श्रेष्ठ हुन् ।
परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार श्रेष्ठले यूएई, कतार लगायतका मुलुकबाट फर्किने कामदारसँग प्रतिव्यक्ति ५०–५० ग्राम सुन ल्याउन लगाउने गरेका थिए । त्यसवापत उनले प्रतिव्यक्ति ६ हजार रुपैयाँ दिने गरेका थिए ।
श्रेष्ठले त्रिभुवन विमनस्थलको गेटमा सुन संकलन गर्दै गर्दा पक्राउ परेको डीएसपी बोगटी जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रियमा प्रतिव्यक्ति ५० ग्राम सुन ल्याउन पाउने प्रावधान छ ।
सोही प्रावधानको दुरुपयोग गर्दै श्रेष्ठले तस्करीको धन्दा चलाउने गरेको प्रहरीले बताए ।
यसबारे थप अनुसन्धान भइरहेको र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको डीएसपी बोगटीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया