प्रधानमन्त्रीले भने– ‘सरकारसँगै सल्लाह गरेर महावीर पुन माइतीघरमा बसेका हुन्’

लोकपथ
63
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महावीर पुन आफूसँग सल्लाह गरेरै माइतीघर मण्डलामा धर्नामा बसेको प्रतिक्रिया दिएका छन् ।

सोमबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुराकानी गर्दै आफूसँगै सल्लाह गरेर पुन माइतीघरमा धर्नामा बसेको बताए । साथै आफू उनको मागबारे सकारात्मक रहेको र बजेटमा उनका मागहरु समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘मैले बजेटमा तपाईंको माग सम्बोधन गर्न मेरो पूरै पहल हुनेछ भनेको छु । राम्रो छलफल भयो । उहाँले हिँड्ने बेलामा म त माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभा थियो हाँसी हाँसी । मैले नै गएर माइतीघर मण्डलामा बस्नुस् त भन्न मिल्दैन तपाईं बस्नु भयो भने सजिलै हुन्छ बजेट बनाउन भन्या थिए । त्यसकारण त्यहाँ कुनै महावीर पुन जानु भयो सरकारले वास्ता गरेन भन्ने विल्कुल झुटो कुरा हो । सरकारसँगै सल्लाह भएर मैले त्यसलाई सम्बोधन गर्छु भनेको छु । र म बस्छु यसो विचार गर्नुपर्यो भन्नु भयो बढो सहज ढंगले मैले त भन्न भन्न मिल्दैन तर बस्नु भयो भने मलाई मद्दत पुग्छ भन्या थिएँ मैले ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष पुन शुक्रबारबाट विभिन्न मागसहित माइतीघर मण्डलामा धर्नामा बसेका छन् । पुनले देशमा आविस्कार, अनुसन्धान र नवप्रवद्र्धनका लागि विकास बजेटको १ प्रतिशत रकम बजेटमै व्यवस्था गर्न माग राखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?