काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक बसेको छ ।
केहीबेरअघि पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बैठक शुरु भएको हो ।
बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा जारी राख्ने भन्ने विषयमा छलफल हुने एजेण्डा तय गरिएको छ ।
१० वैशाखको उपनिर्वाचनपछि पार्टीभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने विषय उठेको छ ।
त्यसो त पार्टी सभापति रवि लामिछानेले चुनावी सभामा सरकारलाई दिएको समर्थन कायम राख्नुको औचित्य नभएको बताएका थिए । ]
त्यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाटमा यथास्थितीमा सरकारलाई दिएको समर्थन कायम राख्ने र सरकारमा सामेल हुन नसक्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया