२० महिने छोराको हत्या गरी आमाले गरिन आत्महत्या

काठमाडौं । रुकुम पूर्वमा एक महिलाले नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छिन् । 

गत पुस २६ गते औषधी गर्न नेपालगञ्ज जाने भन्दै घरबाट हिडेकी सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका बिसी शाहले २० महिने नाबालक छोरा यसटयमको हत्यार गरी आफूले पनि आत्महत्या गरेकी हुन् । 

घरदेखी झण्डै ३ किलोमिटर टाढा उदिनढुंगा भन्ने जंगलमा शनिवार बेलुकी उनको शव भेटिएको प्रहरीले जनाएको छ ।  

जंगलमा बालक झुण्डिएको अवस्थामा र आमा भूइँमा लडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले बताए । 

प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेको जस्तो देखिएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए भने घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?