काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १ हजार ४ सय ७३ परीक्षणमा थप ६० जनामा संक्रमण देखिएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ५५ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोही समयमा २ हजार ६ सय ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया