काठमाडौं । नेपाल प्रहरीले निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ ।
आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा पत्रकार सम्मेलन गरी प्रहरीले कपनको सरस्वतिनगरस्थित भाँडा पसल गर्ने पाण्डेको हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।
विनोदले सुनका लागि पाण्डेको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । विनोदले पाण्डेको हत्या गरी ९९ लालको सुनको सिक्री र १२ सय नगद लगेका थिए ।
‘घटनापछि अभियुक्त टेम्पो चढेर मनहरा फाँट पुगेको देखिन्छ । त्यस्तै भोलि पल्ट सुनको सिक्री धरौटी राखेर ५५ हजार रुपैयाँ लगेको पनि खुलेको छ ।’ पत्रकार सम्मेलनमा सीआइबीका एसएसपी दिनेश आचार्यले भने ।
विश्वकर्माले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री पनि प्रहरीले जनाएको छ । सुनको सिक्रीकै लागि निराको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया