एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

 काठमाडौं – सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्।

औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो पर्न गएको छ।
 विदेशबाट आयातित र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि आठ गुणा बढी महँगो रहेको तथ्य फेला परेको हो।

राज्यले औषधि उत्पादक कम्पनीलाई कच्चा पदार्थ आयात गर्दा शून्य भन्सार र आयकरमा २० प्रतिशत छुट दिँदै आएको छ।
 तर उपभोक्ताले आयातित औषधिभन्दा स्वदेशमा उत्पादित औषधि महँगोमा किन्दै आएका छन्। विदेशबाट औषधि ल्याउँदा पाँचदेखि सात प्रतिशतसम्म भन्सार तिर्नुपर्छ। नागरिक दैनिकमा विस्तृतमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?