काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले अयोग्य लडाकुलाई दुई लाख वितरण गर्न लागेकोप्रति विरोध जनाएका छन् ।
आज (शुक्रबार) प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पौडेलले आर्थिक संकटका कारण देश संकटमा रहेको बेला संसद् छलेर अयोग्य लडाकुलाई पैसा दिने निर्णय स्वभाविक नभएको बताए ।
‘अयोग्य लडाकुलाई दुई दुई लाख दिने भन्ने कुरा विभिन्न माध्यमबाट बाहिर आइरहेको छ । आर्थिक संकटको बेला यो निर्णय अपारदर्शी ढंगले संसद्लाई छलेर गर्नु स्वभाविक होइन । यो विषयमा के भएको हो ? यथार्थ जानकारी सदनलाई गराइयोस्,’उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया