काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।
शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री किरातीले सो कुरा बताएका हुन् ।
मन्त्री किरातीले लामिछानेलाई जनताले लोकप्रिय मत दिएकाले जनमतको सम्मान गर्न रोजेको मन्त्रालय दिनुपर्ने बताए ।
‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ । त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु ।’ मन्त्री किरातीले भने ।
मन्त्री किरातीले गणतन्त्र नेपालमा राणकालीन कानुन बोकेर हिड्नपरेको पनि बताए। एउटा सामान्य व्यवसाय दर्ता गर्न दर्जनौं मन्त्रालय र विभागका सैयौं टेबलमा पुग्नुपर्ने अवस्था रहेको बताउँदै त्यसलाई अन्त्य गरिनुपर्ने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया