काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले अयोग्य लडाकुको नाममा दिन लागेको रकमका विषयमा आपत्ति जनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले देशमा आर्थिक संकट कायम रहेको अवस्थामा सरकारले रकम बाड्न लागेको भन्दै आपत्ति जनाए ।
उनले अयोग्यको नाममा पैसा बाँड्दा योग्यलाई समेत रकम बाँड्नुपर्छ भन्दै कटाक्ष गरे ।
‘देशका सबै नागरिक योग्य छन् । अयोग्यले त दुई लाख पाउने हो भने योग्यले कति पाउने भनेर सरकारले निर्णय गरोस् । अयोग्यलाई होइन योग्यलाई पनि निर्णय गरोस् ।’ उनले भने ।
त्यस्तै नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महत्तोलाई किन कारबाही नगरेको भन्दै प्रश्न गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया