काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले अयोग्य लडाकुलाई पैसा बाँड्न लागेकोप्रति आपत्ति जनाएको छ ।
आज बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले लडाकुको नाममा कार्यकर्तालाई पैसा बाँड्न लागेको आरोप लगाए ।
त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगको विषय थाती राखेर पूर्व लडाकुको नाममा पैसा बाँड्न लागिएको आरोप लगाए ।
त्यस्तै देशमा आर्थिक संकटमा जाँदै गरेको अवस्थामा १ अर्ब ४० करोड बाँडेर राज्य दोहन गर्न लागिएको टिप्पणी गरे । यसअघि पनि ९५ करोड रुपैयाँ माओवादीले लिएर गएको बताए ।
शान्तिप्रक्रियाको कामलाई अघि बढाउनुको साटो कार्यकर्ता पोस्ने काम भए जस्तोसुकै कदम चाल्न पनि आफूहरु तयार रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया