लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा शपथग्रहण

लोकपथ
35
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

एक समारोहकाबीच मुख्यमन्त्री चौधरीले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथग्रहण गराएका हुन् ।

त्यस्तै चौधरीले ३ बिना विभागीय मन्त्री समेत नियुक्त गरेका छन् । उनीहरुले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

त्यस्तै आजै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?