काठमाडौं । १० वैशाखमा सम्पन्न उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
आज एक समारोहबीच नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित रवि लामिछाने र तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित डा. स्वर्णिम वाग्लेले पथ तथा गोपनितयताको शपथ ग्रहण गरेका हुन् । सो समारोहमा सभामुख घिमिरेले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई संसदको लोगो समेत प्रदान गरेका थिए ।
उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित जसपाका उपेन्द्र यादव भने सो समारोहमा उपस्थित रहेका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया