काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि कार्यक्रममा ढुंगामुढा भएको छ ।
झापामा आयोजित ओली सवार एक कार्यक्रममा ढुंगामुढा भएको भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले ओलीमाथि सत्तारुढ दलका कार्यकर्ता घुसपैठ भएर ढुंगाढा र होहल्ला भएको आरोप लगाए ।
‘अध्यक्ष ओली काठमडौंबाट भद्रपुर हुँदै झापाको बुधबारेमा कार्यक्रममा सहभागी हुदै हुनुहुन्छ । भद्रपुर विमानस्थलबाट जाने क्रममा कार्यक्रम स्थलबाहिर बसेर होहल्ला गर्ने र कार्यक्रम विथोल्ने, शान्ति भंग गर्ने काम भएको छ । ढुंगामुढा गर्ने कोशिश गरिन्छ । सत्ता पक्षको कार्यकर्ताको घुसपैठ भएको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया