तनहुँ । तनहुँ क्षेत्र नं १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेले आफूले पाएको मत र मतदाताको भरोसालाई कायम राख्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार बिहान आएको अन्तिम परिणामपछि सामाजिक सञ्जालमा लेख्दै डा. वाग्लेले सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै सो कुरा बताएका हुन् ।
‘यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु र तपाईँहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।’ उनले भने, ‘यी मतहरू तपाईँहरूले मलाई भन्दा पनि तनहुँ क्षेत्र नं. १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु ।’
त्यसैगरी चुनावी प्रचारप्रसारका क्रममा गरिएका बाचाहरुलाई लिपिवद्ध बनाएर लैजाने साथै मतदाताहरुसँग नियमित संवादमा रहने समेत बताए ।
‘चुनावी प्रचार प्रसारका क्रममा गरिएका वाचालाई लिपिवद्ध गरि यहाँका स्थानीय र प्रदेश सरकारका जन प्रतिनिधिहरू लगायत यहाँहरूसँगको नियमित सम्पर्क र अर्न्तक्रिया मार्फत योजनाहरू अघि बढाउने छु ।’ उनले भने ।
आज आएको अन्तिम परिणाम अनुसार वाग्लेले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
वाग्लेले ३४ हजार ९१९ मत पाउँदा भट्टराईले २० हजार १२२ मत पाए । यस्तै एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया