झापा । शिवसताक्षी नगरपालिका–९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न शुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न शुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो ।
नगरप्रमुख मेगाहाङ थोप्राले स्थानीय क्षेत्रमा साप्ताहिक बजारको आवश्यकता भएको हुँदा हाटबजार शुरु गरेको बताए। उनले स्थानीय उत्पादनलाई बजारीकरण गर्न र किसानको जीवनस्तर उकास्न बजारले सहयोग पुर्याउने बताएका छन् ।
आइतबारे बजार व्यवस्थापन समितिका अध्यक्ष जयनारायण पौडेलले बन्द भएको बजार सञ्चालन गर्न सबै क्षेत्रबाट पहल भएको बताए। गाउँको बीचमा लाग्ने बजारले यस क्षेत्रका किसानलाई राहत पुर्याउने उनको भनाइ छ । “यहाँ उत्पादित कृषिजन्य वस्तु बेच्न झिलझिले, दूधेलगायतका बजारमा पुग्नुपथ्र्यो”, उनले भने “अब त्यो झन्झटबाट मुक्त हुनुका साथै बाह्य व्यापारीलाई समेत आकर्षित गर्न मद्दत पुग्छ ।”
वडा नं ९ का अध्यक्ष डिल्लीलाल फेम्बुले बजार क्षेत्रको जग्गा व्यक्तिको नामबाट नगरपालिकाको नाममा नामसारी गर्ने प्रक्रिया समेत अघि बढाइएको बताए । उनले बजार क्षेत्रको जग्गा २०४२ सालमा स्थानीय छ दाताले प्रदान गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया