तनहुँ अपडेट : स्वर्णिमले कटाए ११ हजार मत

लोकपथ
147
Shares

तनहुँ । तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। स्वर्णिम वाग्लेले आफ्नो अग्रता कायमै राखेका छन् ।

शुरुवती अग्रता कायम गरेका वाग्लेले उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका गोविन्द भट्टराई भन्दा दोब्बर बढी मतले अग्रता कायम गरेका हुन् ।

पछिल्लो अपडेट अनुसार २१ हजार २६१ मतगणना हुँदाको नतिजा अनुसार रास्वपाका डा वाग्लेले ११ हजार २२१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ८८५ र नेकपा एमालेका सर्वेन्द्र खनालले ३ हजार ४६८ मत प्राप्त गरेका छन् ।

सो क्षेत्र अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?