काठमाडौं । विभिन्न माग राख्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका सदस्यहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोक्ने चेतवानी दिएका छन् ।
प्रदर्शनमा सहभागिहरुले बरु मर्न तयार रहने तर माग पुरा नभएसम्म आन्दोलन नछाडने बताएका छन् ।
द्वन्दपीडित परिवारको संघर्ष समितिकी अध्यक्ष हिमकुमारी घर्तिले द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले विगत लामो समयदेखि द्वन्द्वका कारण ज्यान गुमाएका सुरक्षाकर्मीहरुलाई सहादत प्राप्त भएकै दिनदेखि लागू हुनेगरी सेवा सुविधा र सहिद घोषणा तथा उच्च सम्मान गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गरेको बताइन् ।
यसअघि उनीहरुले आफ्ना मागबारे प्रधानमन्त्री, गृहमन्त्री, विभिन्न राजनैतिक दलका नेताहरुलाई भेटेर ध्यानाकर्षण गराएपनि राज्यले नसुनेका गुनासो गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया