मतगणना आजै रातिबाट शुरू हुने

लोकपथ
126
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट शुरू हुने भएको छ। मतदानको समय सकिएसँगै अब मतगणकाको तयारी शुरु गरिएको निर्वाचन आयोगकका सहप्रवक्ता सुर्य प्रसाद अर्यालले लोकपथलाई जानकारी दिए ।

‘मुचुल्का उठाउने र मतगणना केन्द्रमा मतपेटिका पुर्‍याउने तयारी भइरहेको छ । मतगणना केन्द्रमा मतपत्र पुगेपछि मतगणना शुरू हुन्छ।’सहप्रवक्ता अर्यालले भने ।

बारा–२ र तनहुँ १ को मतदान सकिएको छ । तीन निर्वाचन क्षेत्रमा आज बिहान ५ बजेबाट शुरु भएको मतदानको साँझ ५ बजे सकिएको हो ।

चितवनको भरतपुर वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको थियो जसले गर्दा निर्धारित समयमा सम्पनन हुन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?