काठमाडौं । पुडासैनी मैत्री समाजको अध्यक्षमा निरन्जन पुडासैनी निर्वाचित भएका छन् ।
शनिबार जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ८ मा भएको चौथोँ अधिवेशनबाट पुडासैनी निर्वाचित भएका हुन् ।
त्यस्तै सो महाधिवेशनबाट समाजको उपाध्यक्षमा अर्जुन पुडासैनी र महासचिवमा जयराम पुडासैनी निर्वाचित भएका छन्।
देशका विभिन्न क्षेत्रमा छरिएर रहेका पुडासैनी बन्धुहरुको साझा संस्थाका रुपमा रहेको समाजको सचिवमा रामचन्द्र पुडासैनी र कोषाध्यक्षमा प्रदिप पुडासैनी निर्वाचित भएका छन् ।
पुडासैनी बन्दुहरुबीच भातृत्व कायम गर्ने उदेश्यले २०७१ सालबाट उक्त अभियान शुरु गरि संस्थागत रुपमा अघि बढाइएको हो ।
‘समर्पण राष्ट्रका लागि’ भन्ने मुल नाराका साथ शुरु गरिएको उक्त अभियानले विभिन्न सामाजिक काम गर्दै आइरहेको छ ।
हरेक ३–३ वर्षमा राष्ट्रिय अधिवेशन गर्दै नेतृत्व चयन समाजले गर्दै आइरहेको छ । संस्थापक अध्यक्षको रुपमा दुई कार्यकाल उत्तम पुडासैनीले नेतृत्व गरेका छन् । त्यस्तै यसअघि दिपक पुडासैनी यसको अध्यक्ष रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया