नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाखको नेपाल भ्रमणका बेला दुवै मुलुकबीच पछिल्लो समय उच्च राजनीतिक तहमा भएका समझदारी र सम्झौतालाई ३ असोज २०७५ भित्र परिणाममुखी बनाउने सहमति भएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
समझदारीलाई निश्चित समयसीमाभित्र ठोस निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिए पनि अधिकांश पूरा हुन सकेका छैनन् । मोदीको भ्रमणकै बेला हरेक महिना परराष्ट्र सचिवबीच भिडियो कन्फरेन्स गर्ने सहमतिसमेत भएको थियो ।
परराष्ट्र सचिव शंकर वैरागीले तोकिएको समयसीमा पालना नभए पनि भएका सहमति र समझदारी कार्यान्वयनमा लैजान दुवै पक्ष सकारात्मक ढंगले अगाडि बढिरहेको बताए ।
समयसीमा गुज्रेको लामो समय बितिसक्दा केही विषयमा प्रगति भए पनि दुवै मुलुकबीच लामो समयदेखि कचल्टिएर रहेका अधिकांश विषयमा खासै प्रगति हुन सकेका छैनन् ।
कतिपय विषयमा त भारत पहिलेको सहमतिबाट समेत पछि हटेको छ । त्यसको पछिल्लो उदाहरण हो हवाई रुट । गत जेठमा काठमाडौंमा सम्पन्न नेपाल र भारतका नागरिक उड्डयन अधिकारीको बैठकले नेपाललाई थप हवाई रुट दिने सहमति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया