काठमाडौं–अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सात महिनादेखि अनुसन्धानको दायरामा राखेको खुलेको छ ।
अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा सिआइबीबाट पक्राउ परेकी एक महिलाले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएपछि उनी अनुसन्धानको दायरामा तानिएकी हुन् ।
२ जेठमा पक्राउ परेकी सोलुखुम्बु गोरखानी गाउँपालिका–२ घर भएकी ३० वर्षीया फुल्हम शेर्पाले राजदूत शेर्पासँगै मिलेर आफूले अस्ट्रेलिया पठाउन व्यक्तिहरूसँग पैसा उठाएको बयान दिएकी थिइन् ।
फुल्हम राजदूत शेर्पाका पूर्वचालक ओङछु शेर्पाकी श्रीमती हुन् । फुल्हमविरुद्ध ठगी आरोपमा सिआइबीले पक्राउ गरी अनुसन्धान गरेपछि श्रीमान् ओङछु र राजदूत लक्कीको समेत मिलेमतो रहेको बताएकी थिइन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया