नवलपरासी । पश्चिम नवलपरासीमा १० दिनदेखि बेपत्ता भएकी एक बालिका मृत फेला परेकी छिन् ।
गत पुस १५ गतेदेखि हराइराहेकी सुस्ता गाउँपालिका–२ कुडियास्थित हरिजन टोलकी १५ वर्षीया गीता हरिजन गण्डक नहरको भारतीय क्षेत्रमा मृत फेला परेकी हुन् ।
उनको शव गण्डक पश्चिमी नहरको सुरजपूरा विद्युत् उत्पादनगृह नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।
उनको शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया