आगलागीबाट ६ लाखको क्षति

बेझाड । पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पास्थित साकिनेमा एक घरमा आगलागी हुँदा करीब छ लाख मूल्य बराबरको क्षति भएको छ । 

रुद्रबहादुर दर्लामीको घरमा आज दिउँसो करीब २ बजेको समयमा भएको आगलागीमा घर गोठ जलेर नष्ट भएको छ । आगलागीबाट गोठमा रहेका दुईवटा भैसी र घरमा रहेका दुई थान मोवाइल सेट तथा लत्ताकपडालगायत जिन्सी सामानसहित करीब रु ६ लाख ७० हजार मूल्य बराबरको क्षति भएको पूर्वखोला इलाका प्रहरी कार्यालयका प्रमुख टकबहादुर आलेले जानकारी दिए ।

दर्लामीको घरमा अचानक आगो लागेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको वडाध्यक्ष निरबहादुर सारुले बताए । स्थानीयवासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ । आगलागीपीडित परिवार अहिले आफन्त छिमेकीको शरणमा बसेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?