सक्कली डलर भित्र कागजको बिटा राखेर ठगी गर्दै आएका दुई जना पक्राउ

काठमाडौं । सक्कली डलर भनेर मानिसहरुलाई झुक्काएर रकम ठगी गर्दै आएको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बाहिर सक्कली डलर र भित्र कागजको बिटा राखेर ठगी गरेको आरोपमा सिन्धुलीका कुमसिंह घिसिङ र प्रेमबहादुर तामाङलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी प्रभाग, गोंगबुको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानबाट उनीहरुले हालसम्म २० लाखभन्दा बढी ठगी गरिसकेको खुलेको छ । 

प्रहरी थप अनुसन्धान गरिरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?