काठमाडौं । मालिका इन्कर्पोरेट प्रालीले ३ लाख भन्दा बढी लाइसेन्स छापेको दाबी गरेको छ ।
यातायात व्यवस्था विभागबाट लाइसेन्स छाप्ने जिम्मा पाएको मालिका इन्कर्पोरेट प्रालीले सो दाबी गरेको हो ।
मालिका इन्कर्पारेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालका अनुसार छाप्ने काम शुरु भएको केहि दिनहरुमा डाटामा समस्या आएकाले छपाइमा केही ढिलो भएपनि अहिले दैनिक १५ हजार लाइसेन्स छपाई भइरहेको छ ।
अबको १५ दिनमा आफूले जिम्मा पाएको ५ लाख लाइसेन्स छापिसक्ने ढकालको भनाई छ । विभागले मालिकालाई ५ लाख लाइसेन्स छाप्न पुस २८ गते सम्म अर्थात ४५ दिनको समय दिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया