काठमाडौं । काठमाडौं उपत्यकामा हुने अनाधिकृत पार्किङलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले पार्किङ गरीएका चारपाङ्ग्रे सवारी साधनहरुमा व्हील लक लगाउने कार्य आजबाट थप व्यवस्थित बनाएको छ ।
निषेधित स्थान र समयमा पार्किङ गरिएका सवारी साधनहरुमा व्हील लक कुन कार्यालय र कसले लगाएको हो, त्यसको विस्तृत विवरण सहितको स्टिकर चालकतर्फको झ्यालमा टाँस्न थालिएको छ ।
व्हील लक खुलाउन स्टिकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल नम्बरमा वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा चालकले सम्पर्क गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया