कोटेश्वरको जाम घटाउन सरकारले ल्यायो नयाँ योजना

काठमाडौं । कोटेश्वरमा अत्याधिक जाम भएपछि सरकारले जामको समस्या घटाउन वैकल्पिक सडकको प्रयोग गर्न दिने भएको छ ।

कोटेश्वर चोकमा हुने जामको समस्या घटाउन भन्दै विकल्पिक सडकको प्रयोग गर्न दिने भएको हो ।

सडक विभागको पहलमा जडिबुटीबाट रिंगरोडको बालकुमारीतर्फ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न दिन लागिएको हो ।

जडिबुटीबाट प्रवेश गरी हिमालयन आँखा अस्पताल हुँदै बालकुमारी निस्कने सडकलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन लागिएको छ । अझै सहजताको लागि  मनोहरा खोलामा बेलिब्रिज हाल्ने तयारी पनि भइरहेको छ । सो पुलको निमार्णपछि जडिबुटीबाट आउँने सवारीहरु सहज रुपमा बालकुमारी आउन सक्नेछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?