बालेनविरुद्ध परेको रिटको सुनुवाइ कामु प्रन्या हरिकृष्ण कार्कीको इजलासमा

लोकपथ
0
Shares

काठमाडौं । सिंहदरबारसहित महत्वपूर्ण सरकारी निवासहरुको फोहोर नउठाउने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह –बालेन) विरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदैछ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजसालमा उक्त मुद्दाको पेशी तोकिएको हो ।

एक हप्ता अघिदेखि मेयर शाहले सिंहदरबार, राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री कार्यालय लगायतका स्थानको फोहोर नउठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । त्यससँगै ती ठाउँहरुको फोहोर व्यवस्थापन हुन सकेको छैन ।

फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको रहेको जिकिरसहित सोमबार बालेनविरुद्ध उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?