काठमाडौँ – सरकारले सोचेअनुसार गर्ने हो भने सिंहदरबारभित्रका मन्त्रालय एकैनासका बन्ने छन् । सबैको बाहिरी रूप एउटै बन्ने छ । २१ वटै मन्त्रालयलाई पुरानो सिंहरदरबारको मूल कला र स्वरूपसँग सुहाउने स्वरूप दिइनेछ ।
सिंहदरबारको पर्खाललाई पनि ‘कलात्मक र सुन्दर’ बनाइने छ भने पर्खालबाहिर झिलिमिली बत्ती बल्नेछ । चारै दिशाका प्रवेशद्वार कलात्मक, ऐतिहासिक र पुरातात्त्विक बनाइनेछ । संघीय प्रशासनिक केन्द्रलाई बुटिक रूप दिने सरकारको सोचाइ अधिकारीहरूले बताएका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
मन्त्रालयमा राति ‘फ्लड लाइट’ जोडिनेछ । भवनमा चुनाको साटो स्थायी रङ लगाइनेछ । भवनका छुट्टाछुट्टै पर्खाल र बगैंचा हुनेछन् । २०७६– ७७ देखि एकीकृत ठेक्कामार्फत परिसरका सबै बगैंचा व्यवस्थापन गरिनेछ । सडकमा ‘रोड मार्किङ’ तथा ‘क्याट्स आई’ राख्न सुरु भएको छ । ‘सिंहदरबार ऐतिहासिक र कलात्मक देखियोस् भन्ने उद्देश्य हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषदका प्रवक्ता विनोदबहादुर कुँवरले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया