काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद आरजु राणाले सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न थप अन्तरदेशीय सडक निर्माण र गौरीफन्टा नाका सञ्चालनमा सहजीकरण गर्न भारतसँग आग्रह गरेकी छिन ।
सुदूरपश्चिम प्रदेशमा शनिबारबाट शुरु भएको अन्तरदेशीय मानसखण्ड सम्मेलनको समापन सत्रमा राणाले भारतीय राजदूत नवीन श्रीवास्तव र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग दुई देशबीचको अर्थसामाजिक सम्बन्ध थप मजबुद बनाउन यो आवश्यक रहेको बताइन ।
डडेल्धुरा जिल्लालाई भारतसँग जोड्ने पुल निर्माण, गौरीफन्टा नाकाबाट हुने अन्तरदेशीय व्यापार तथा आवागमनलाई सहजीकरण र क्षेत्रीय विमानस्थल निर्माणका लागि नेपालले पहल एवं भारत सरकारले सहजीकरण गर्नुपर्ने उनीको भनाइ छ ।
“डडेल्धुरा जिल्लालाई भारतसँग जोड्न पक्की पुल निर्माणका लागि पहल गर्न र गौरीफन्टा नाका सहज बनाउन अति आवश्यक छ”, राणाले भनिन ‘‘गौरीफन्टाको सडकलाई तत्काल फराकिलो बनाउन नसकेपनि कम्तीमा स्तरोन्नति गरी नाका सहजीकरणमा भारतले सहयोग गर्नुपर्छ ।”
गौरीफन्टा नाकाबाट हुने दुईपक्षीय व्यापार र आवागमनमा भारतीय पक्षले पछिल्लो समय दुदुवा नेसनल पार्कका नाममा कडाइ गर्दै आएको उनिको भनाइ छ । राणाले सुदूरपश्चिम प्रदेशमा क्षेत्रीय विमानस्थल निर्माणको आवश्यकता पनि औंल्याइन ।
सुदूरपश्चिम प्रदेश अहिले भौतिक पूर्वाधार विकासमा राम्रो बनिसकेको भएपनि यहाँको जनशक्ति विदेशीने क्रम अझै नरोकिएको उनिको भनाइ छ । “पछिल्लो समय यहाँको पूर्वाधारमा निकै ठूलो परिवर्तन भएको छ । तर यहाँको जनशक्ति विभिन्न देशमा गइरहेका छन् ।” राणाले भनिन े, “नेपालका लागि काम गरौं र यहीँ श्रम गरौं भन्ने अवस्था बनाउन यहीँ रोजीरोटी कमाउने र यहीँ राम्रो सपना देख्ने अवस्था सिर्जना गर्नका लागि सबै आआफ्नो क्षेत्रबाट लागौं ।”
मानसखण्ड सम्मेलनको औचित्यबारे बोल्नुहुँदै सांसद राणाले नयाँ युगलाई कसरी परिभाषित गर्ने र कसरी अघि बढ्ने भन्नेबारे यसले मार्ग रेखाङ्कन गरेको बताइन । “सम्मेलनमा विद्धान तथा प्राज्ञहरुले मानसखण्ड करिडोरको मार्गचित्र कोरिन, यसलाई जीवन्त बनाएर अघि बढ्न आवश्यक छ”, उनिले भनिन।
सरकार यतिबेला बजेट निर्माणको चरणमा रहेकाले मानसखण्ड करिडोर निर्माणका लागि सुदूरपश्चिम प्रदेशले पहल गर्नुपर्ने उनिको सुझाव छ । भारतले आफ्नो क्षेत्रमा करिडोर निर्माण गरिरहेकाले नेपालले पनि पहल थाल्नुपर्ने उनिको भनाइ छ । त्यस्तै, विश्व ध्रुवीकरणका सन्दर्भमा नेपाल सधैं मानव अधिकार र प्रजातन्त्रको पक्षमा उभिने पनि राणाले स्पष्ट पारिन।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले मानसखण्ड करिडोर निर्माण गरिरहेकाले नेपालले पनि आफ्नो भू–भागभित्रका क्षेत्रमा काम थाल्नुपर्ने बताइन । सुदूरपश्चिममा अन्तरदेशीय सडक सञ्जाल थप गर्न भारत तयार रहेको पनि उनिको भनाइ छ ।
“यहाँका केही स्थानमा नयाँ पक्की पुल बनाउन आवश्यक छ । नेपाल सरकारबाट प्रस्ताव आएमा हामीले यो विषयलाई उत्तराखण्ड सरकारमार्फत् अघि बढाउन सक्छौँ”, राजदूत वास्तवले भनिन । मानसखण्ड करिडोरमा धार्मिक पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुहुँदै उनिले त्यसका लागि पूर्वाधार तयार पार्नु दुवै सरकारको पहिलो प्राथमिकता रहनुपर्ने औल्याइन ।
त्यस्तै, दुई देशबीच डिजिटल भुक्तानी प्रणालीलाई थप सहज बनाउन आवश्यक रहेको पनि राजदूत श्रीवास्तवले बताइन । नेपालमा भारतीय रुपैयाँ बोक्न सीमा तोकिएकाले यहाँ आउने पर्यटकलाई समस्या हुने गरेको उनिको भनाइ छ । नेपालमा नगद २५ हजारसम्म मात्रै बोक्न पाइने प्रावधानको सीमाबारे पुनर्विचार गर्न र दुई देशका डिजिटल भुक्तानी प्रणालीबीच अन्तरआबद्धता कायम गर्न नेपालले केही निर्णय लिन आवश्यक रहेको उनिको भनाइ छ ।
नेपाल र भारतबीच सामाजिक, साँस्कृतिकसँगै आर्थिक सम्बन्ध पनि बलियो रहेको उल्लेख गर्दै राजदूत श्रीवास्तवले धार्मिक करिडोरमार्फत पर्यटन विस्तारलाई भारतले प्राथमिकता राखेको बताइन । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सुख्खा बन्दरगाह छिट्टै निर्माण गर्ने विषय पनि भारतको प्राथमिकतामा रहेको उनिको भनाइ छ ।
भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख डा विजय चौथाईवालेले मानसखण्ड सम्मेलनको निष्कर्ष तयार पारी नेपाल र भारत सरकारलाई उपलब्ध गराउन सुझाव दिए । यहाँको स्थानीय अर्थतन्त्र बलियो बनाउन दुई देशका विभिन्न धार्मिक सर्किटलाई मूर्तरुप दिइनुपर्ने उनको भनाइ छ ।
“हामी दुई सार्वभौम मुलुक हौँ । तर हाम्रो सम्बन्ध शदियौं देखि छ । सम्बन्धलाई थप मजबुद बनाउन नयाँ आयाम खोजेर त्यसमाथि नतिजायोग्य काम गर्न जरुरी छ”, उनले भने । शिवशक्ति सर्किट, बुद्ध सर्किट, मानसखण्ड सर्किट जस्ता करिडोर निर्माणमा दुई देशको संयुक्त प्रयास आवश्यक रहेको उनको भनाइ छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सम्बन्धलाई निकै महत्व दिने गरेको र नेपाल भ्रमणका क्रममा यहाँका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा पुगेर प्रवद्र्धनमा सहयोग गरेको उनले उल्लेख गरिन े ।
सम्मेलनमा धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले धार्मिक पर्यटन प्रवद्र्धधनका लागि आवश्यक पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिए । “हामीले बजेट छर्ने होइन । यो क्षेत्रको पर्यटन पूर्वाधारमा केन्द्रित गरी बजेट बिनियोजन गरौँ । यहाँको धार्मिक पर्यटन प्रवर्द्धन गर्नसकेमा रोजगारी बढ्ने र जनजीवन पनि सुधार हुँदै जानेछ”, उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया